२० श्रावण २०८३, बुधबार
,
Latest
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो, करिब २५ नेपाली बेपत्ता



अ+ अ-

रुद्रप्रयाग । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी करिब २५ जना नेपाली बेपत्ता भएका छन् । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण पहाड चिरिँदा दुई वटा पसललाई पहिरोले पुरेको थियो । पसलमा काम गर्ने करिब २५ नेपाली भग्नावशेषमुनि पुरिएको बताइएको छ ।

दुर्घटना बिहीबार राति भएको हो । पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका छन्, तर बेपत्ताको पहिचान हुन सकेको छैन।

रुद्रप्रयागको गौरीकुण्डमा बिहीबार साँझदेखि पानी परिरहेको छ । राति झन् झन् झरी परेको थियो । पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

पहिरोको सूचना पाएलगत्तै जिल्ला प्रशासन, जिल्ला प्रकोप व्यवस्थापन, एसडीआरएफ र डीडीआरएफका टोली पनि घटनास्थलमा पुगेका थिए। तर, अविरल वर्षाका कारण रातभर पसलमा बस्ने सर्वसाधारणको ज्यान बचाउन सकिएको छैन ।

यसैबीच जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिहीबार राति २ बजे भारतको उत्तराखण्ड राज्य केदारनाथको फेद गौरीकुण्डमा होटल भएको ठाउँमा पहिरो जाँदा जुम्ला पातारासी गाउँपालिकालगायतका अन्य अनुमानित २०/२५ जना नेपाली दाजुभाइ रातिहोटलमा सुतिरहेको समयमा पहीरोमा परी होटलभित्रका सबै नदीमा खसेर दु:खद घटना घटेको जानकारी दिनुभएको छ ।

घटनामा परेकाहरुको उद्धार र खोजी कार्यमा जारी रहेको नेपालस्थित भारतीय दूतावास जानकारी दिएको उल्लेख गर्दै हराएका सम्पूर्णको खोजी र उद्धार कार्य छिटोभन्दा छिटो अघि बढाइदिन भारतीय दूतावाससँग आग्रह गर्नुभएको छ ।