२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सनएड इन्टरनेशनल नेपालद्धारा रक्तदान कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ ।  सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष अगस्ट १२ को दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको उक्त कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरु गरी १८ जनाले रक्तदान गर्नु भएको थियो ।

हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटिसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको एक्सनएडले जनाएको छ । कार्यक्रममा बोल्दै संस्कीकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको उल्लेख गर्नुभयो ।

यो वर्षा यामको समयमा नेपालमा बाढी, पहिरो जस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था छ र यो समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवद्र्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ ।