• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

इन्जिनियरिङ पढाईको शुल्क नबढाउन माग गर्दै थापाथली क्याम्पसमा विद्यार्थीको प्रदर्शन



काठमाडौँ । थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

शुक्रवार स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले इन्जिनियरिङ पढाईको शुल्क सरकारले १४० प्रतिशतसम्म बढाउन लागेको बताए । उनीहरूले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन नहुने भन्दै त्यसको बिरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । त्यस्तै, थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् ।

उनीहरुले शिक्षामै राजनीति, देशको बेइज्जती, टियु युनिभर्सिटी रोज्ने की टियु एयरपोर्ट, सरकारले झुटो आश, ठूलो निराश देखायो, सरकार तिमी पनि मौन बसे, म पनि मौन बसिदिन्छु तर तिमी दरबारमा बस, म सडकमा, एक सय ४० प्रतिशत फि बढ्ने, गरिवले पढ्ने की नपढ्ने ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।