४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

माओवादी केन्द्र विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रिय सदस्यहरु असन्तुष्ट

माओवादी केन्द्र विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रिय सदस्यहरु असन्तुष्ट
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् । बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताउनु भयो । उहाँले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताउनु भयो । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो । महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ । विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ । भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ । योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या । सुधारको पाटो, विधान अनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने । अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ । जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’

त्यस्तै केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताउनु भयो । ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताउनु भयो । उहाँले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने । ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने । ०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने । जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । रिसाएका जनताको मन खुशी बनाउने । ३ महिनाभित्र विधान सम्मेलन गर्ने । किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदल्दीन्छौँ । परिवर्तन गर्छौं । थपिदिन्छौँ । घटाइदिन्छौँ । अब आइन्दा नगर्ने भन्ने छ ।’

केन्द्रिय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताउनु भयो । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उहाँले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषि हुँ । पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौँ । टाठाबाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरुमा बढी समय बितायौँ । शहरिया, बजारिया भयौँ । ग्रामिण जीवनमा गएनौँ । किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ । समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ । यो कुरा चाँडै गर्नुपर्‍यो भन्ने कुरा छ । एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुपर्‍यो । चुनावबाट आउनुपर्‍यो भने कार्यकर्ता गाउँमा पनि जान्छन् । बाध्य भएर जान्छन् । गाउँबाट भोट जितेर आउनुपर्‍यो नि । वडा, पालिकाबाट जितेर आउनुपर्‍यो नि । त्यसोभएर निर्वाचन प्रणालीद्वारा नै गर्ने भन्नेकुरा छ । त्यसको अवगुण पनि छ, त्यसोभएपछि गुटगत भेला, प्रतिस्पर्धा होला । तर जे भएपनि निर्वाचन प्रणाली राम्रो हो त्यो कुरा उठेको छ ।’

केन्द्रिय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताउनु भयो । उहाँले सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताउनु भयो । आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्ने बताउनु भयो ।

केन्द्रिय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रिय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताउनु भयो । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गर्नुभयो ।

केन्द्रिय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो । बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा गतिलो ढंगले दोषिलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन जो सुकै हुन् । त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ । यो टड्कारो रुपमा उठेको छ । यदी माओवादीका नेताहरु भएपनि यस्ता सुन काण्डहरुमा गिरोहलाई साथ दिने लाई निरुत्साहित पार्नुपर्छ । कोही मुछिएको खण्डमा जनताले देखिने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ ।’

केन्द्रिय सदस्य शाक्यले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गर्नुभयो ।