२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समितिले गर्‍यो प्रश्तावित दुई राजदुतको सुनुवाई



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले दुई देशको राजदुतमा प्रश्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बिहीवार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालको सुनुवाई गरेको हो ।

प्रश्तावित राजुतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताउनु भयो । बैठकमा बोल्दै युएईका लागि प्रश्तावित नेपाली राजदुत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले देशको हीतका लागि आवश्यक कामहरुलाई त्यहाँको सरकारस्ँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

बैठकमा कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपाली नागरिकको हक, हीतका विषयमा केन्द्रित भइ काम गर्ने बताउनु भयो ।

समितिको बैठकमा सांसदहरुले राजदुतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदुत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरुको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे ।




भर्खरै