२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समितिले गर्‍यो प्रश्तावित दुई राजदुतको सुनुवाई



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले दुई देशको राजदुतमा प्रश्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बिहीवार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालको सुनुवाई गरेको हो ।

प्रश्तावित राजुतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताउनु भयो । बैठकमा बोल्दै युएईका लागि प्रश्तावित नेपाली राजदुत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले देशको हीतका लागि आवश्यक कामहरुलाई त्यहाँको सरकारस्ँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

बैठकमा कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपाली नागरिकको हक, हीतका विषयमा केन्द्रित भइ काम गर्ने बताउनु भयो ।

समितिको बैठकमा सांसदहरुले राजदुतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदुत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरुको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे ।