५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुवित्त पीडितद्वारा बिजुलीबजारमा सडक जाम



अ+ अ-

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक जाम गरेका छन् ।

बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी साधनको आवागमन प्रभावित भएको छ ।

लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले प्रदर्शन गर्दै आएका छन् ।

यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरको एभरेस्ट होटलअगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सहसचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।