९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालक्षित सार्वजनिक बस ल्याएर रवि लामिछानेले भोटको राजनीति गरे: शंकर पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटको राजनीति गरेको आरोप लगाएका छन् ।

चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेले महिलालक्षित ल्याएका ब्ल्यू बसबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।

समाजमा रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता रहेको बेला महिलालाई मात्र लक्षित गरेर बस सञ्चालनमा ल्याउनु जिज्ञासाको विषय रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान् रु जिज्ञासा उठ्नु स्वाभाविक हो । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’

उनीले पञ्चायतकालमा आफू पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको स्मरण गर्दै भनेका छन्, ‘आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ ।’

चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा सचेत गराउदै उनले भने, ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।’