१ आश्विन २०८३, बिहीबार
,
Latest
देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट संघको अध्यक्षमा लड्ने पारस खड्काको संकेत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने संकेत गरेका छन् ।

दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेललाई बिट मार्दै उनले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पूरा भयो ।

यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो खुलेको छ । क्रिकेट संघको विधानमा कार्यसमितिको पदाधिकारी वा सदस्य निर्वाचित हुन राष्ट्रिय टोलीमा सहभागी नभएको दुई वर्ष हुनुपर्ने व्यवस्था छ ।

यसैलाई मध्येनजर गर्दै खड्काले नेपाल क्रिकेटलाइ अझै थप उचाइमा पुर्याउनेमा आफू केन्द्रीत रहेको बताउँदै सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको जोश, जागर र उर्जालाइ एकीकृत रुपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्याउने ध्येय बनाएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले भनेका छन् –

खेलाडीको रुपमा क्रिकेटबाट मैले सन्यास लिएको दुइ बर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाल क्रिकेटलाइ अझै थप उचाइमा पुर्याउनेमा केन्द्रित छ । सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको जोश , जागर र उर्जालाइ एकीकृत रुपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्याउने ध्येय बनाएको छु।
तसर्थ: हजुरहरु सबैको सहयोग, हुटहुटि र समर्थनको अपेक्षा राख्दछु । नमस्ते !

 

 




भर्खरै