८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.42

Wind: 1.03

Humidity: 64

तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारणले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भन ेकोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै गण्डकीका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।