५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण

कांग्रेस केन्द्रीय कार्यालयमा कार्यकर्तालाई प्रवेशमा रोक

कांग्रेस केन्द्रीय कार्यालयमा कार्यकर्तालाई प्रवेशमा रोक
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुमात्र प्रवेश गर्न दिइएको छ । 

कार्यालयमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० का नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि सदस्यहरू बाहेक अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको हो । नेविसंघले प्रदर्शनको तयारी गर्ने भएपछि प्रहरीले उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न दिएको छैन । 

यसैबीच कार्यालयमा प्रवेश गर्न नपाएपछि पार्टी कार्यालयबाहिर नेविसंघका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । नेविसंघले म्याद सकिएका भ्रातृ संस्थाहरुमा तदर्थ समिति बनाएर महाधिवेशन गर्न म्यान्डेट दिनुपर्ने माग गरेको छ । साथै उसले रिक्त पदमा मात्रै मनोनयन गर्नुपर्ने माग राखेको छ ।  

पार्टीका कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः खारेज हुने व्यवस्था कांग्रेसको विधानमा छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुको सट्टा विधानको दफा निलम्बन गरी अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।