२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ: अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले एक, दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले सांसदहरुले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराईमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने बताउनु भयो । नीति, निर्माण गर्न आएका सांसदहरु त्यता केन्द्रित हुन नसकेका भन्दै उहाँले जनतालाई पनि आफ्नो भुमिकाप्रति जागृत गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विधि बनाउनका लागि हाम्रा विधेयकहरु एक, दुई वर्षमै परिवर्तन गर्ने खालका विधेयक बनाउन थाल्यौँ भने हाम्रो अध्ययन सिमा के रहेछ भन्नेकुरा हुन्छ त्यसले । कुनै देशमा अलिखित संविधानले अहिलेसम्म चल्ने । हामीले ६/७ पटक बनाएर पनि फेरि अहिलेकै संविधान पनि अब संशोधन गर्नुपर्छ कि भनेर छलफल चलाउनुपर्ने स्थितिमा आउने । यसकारण गहिराईमा गएर, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरु, त्यसको आवश्यकता, भविष्यमा पार्ने दूरगामी प्रभाव विधेयकहरुले त त्यसमा अध्ययन गर्नुपर्ने हो नि । तर ति हेर्ने हाम्रा विधेयकहरुलाई फुर्सद नै हुँदैन ।

हामीले भोट माग्ने बेलामा नै व्यक्ति, व्यक्तिलाई चाहिने चिज तथास्तु भनेर भोट जितेका छौँ, के गर्दा भोट आउँछ । भुमिका भोलि के हुने हो भन्ने थाहा छैन । भोट पाउने भएपछि जे पनि तथास्तु भनेको छ । अनि जितेपछि त त्यही माग गर्छ । मेरो सांसद सदन चलेको बेलामा मेरो गाउँमा आउनुभयो भन्दा खुशी हुन्छ एकजना नागरिक । मेरो विधायक सदन चलेको बेलामा किन आयो भनेर प्रश्न कसैले गर्दैन । यहाँ बस्यो भने फर्केर नआउने भनेर भोट दिँदैन भोलि । यस्तो खालको बनायौँ हामीले । कसलाई दोष दिने ? जस्तो समाज छ त्यसको ऐना हो हामी प्रतिनिधिहरुपनि । तर अगुवाई गर्ने पार्टीले, जनप्रतिनिधिले चेतना जघाउने । हाम्रा भुमिका फरक हुन्, यसकारण भोट दिनुस् भन्नेतिर जान हामी अझै प्रयत्न गर्नुपर्नेछ ।’

उहाँले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनु भयो । संघले अधिकारहरु आफूलाई मात्र राख्नु नहुने उहाँको भनाई छ । यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उहाँले बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जिल्ला समन्वय समितिको औचित्यमाथि बहश गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आफैँ बलियो होइन कसरी स्थानीय तहलाई बलियो बनाउने ? प्रदेशलाई ? बढी त जिम्मेवार त्यता बनाउँदै विधि निर्माण गर्ने कुरामा अन्तर्राष्ट्रिय मुद्दाहरुमा संघ केन्द्रीत हुनुपर्छ । मैले पैसा बाँडेर म नै त्यहाँ हुन्छु भन्नेकुरा सोच बनेपछि अधिकार त्यहीँ राख्नेकुरा । विधि बनाएर सिस्टमले चलाइदियो भने त्यता जानैपर्दैन । हामी त्यता गएनौँ । यसकारणले बिग्रिराखेको छ यो कुरालाई हामी निरन्तर खबरदारी पनि गर्नुपर्छ । जिल्ला समन्वय समिति कि कामकाजि बनाएर राख्नुपर्‍यो । कि भने हटाइदिए हुन्छ । निर्वाचन हुँदै जाँदाखेरी नभएर जिल्ला समन्वय आयो भने टिकटका लागि त जोड गर्नुहुन्छ । गइसकेपछि अनि बल्ल गुनासो हुन्छ । म कस्तो अधिकार भएको ठाउँमा जाँदैछु, म त्यहाँ दावा गरौँ कि नगरौँ पहिल्यै ध्यान दिनुपर्ने । माथि पनि पाइएन, जिल्लामा पनि पाइएन यही जिल्ला समन्वयमा जाऔँ भन्यो गएपछि त केही रहेनछ भनेर अनि बल्ल हुन्छ । त्यसकारण यो आवश्यक छ कि छैन अलिकति बहस गर्नुपथ्र्यो । हिजोपनि कसरी, किन राखियो ? राखेपछि कामकाजि बनाएर राख्नुपर्‍यो । नभए नराख्दा हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संरचनामा गएपछि जिल्लास्थित कार्यालयहरु कम हुने र पालिकामा जाने भनिएपनि अहिले जिल्लामा झनै धेरै कार्यालयहरु थुप्रिएका बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहकै आफू मातहतका कार्यालयहरु जिल्लामा थुप्रिएका उहाँले उल्लेख गर्नुभयो ।