४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन

तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन
अ+ अ-

दमौली । पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । अझै पनि टारी खेतमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अझै पनि रोपाइँ हुनसकेको छैन, कुलो, नहरबाट पानीको व्यवस्था भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ ।”

टारीखेतमा पानीको असुविधा भएकाले वर्षा नहुँदासम्म रोपाइँ गर्न कठिनाइ भएको तिवारीको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्ष जिल्लामा रोपाइँ पनि ढिला भएको हो, समयमै पानी नपर्दा धानको बीउ राख्नै समस्या भयो ।”

तिवारीका अनुसार यस वर्ष समयमै पानी नपरेका कारण धेरै ठाउँमा कृषकले समयमै बीउ राख्न पाएनन् । कतिपय ठाउँमा भने कृषकले रोपाइँ गर्ने आँट नै गरेनन् । कुलो, बाँधबाट पानीको व्यवस्था भएको ठाउँमा रोपाइँ सुरु भए पनि मुल नफुटेका कारण अन्यत्र ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

तिवारीका अनुसार भानु नगरपालिकामा अन्यत्रभन्दा छिटो रोपाइँ भएको छ । सो नगरपालिकास्थित चुँदीफाँटमा यही वर्ष निर्माण गरिएको कुलोका कारण पानीको सहज व्यवस्था भएपछि त्यहाँ रोपाइँ सहज भएको छ । कृषि ज्ञान केन्द्र र सिँचाइ तथा जलस्रोत कार्यालयको रु दुई लाखमा सहयोगमा एक सय मिटर कुलो निर्माण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ भुङभुङेमा सबै भूभागमा रोपाइँ सकिएको स्थानीय लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार साउनको पहिलो साता नै यस ठाउँमा रोपाइँ सकिएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका दश हजार दुई सय दश हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । जिल्लामा ५१ हजार पाँच सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लामा १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिँचाइको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफमा मौसमी सिँचाइको सुविधा पुगेको छ । रासस