२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: भागबन्डामा सहमति, सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिलामन्त्री



अ+ अ-

विराटनगर । कोशी प्रदेशमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सत्तागठबन्धनबीचमा सहमति भएको छ । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटबारे सहमति हुननसक्दा बुधबार बिहान साढे १० बजे रोकिएको शपथ ग्रहण कार्यक्रम बेलुका ५ बजे हुने तय भएको छ ।

सत्ता गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) लाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुनुनहुने भएको छ ।

माओवादी केन्द्र गौतमको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ । सहमतिभए सँगै आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्नु हुनेछ । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।