४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन
अ+ अ-

काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे । प्रदर्शन कार्यक्रममा बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताउनु भयो । उहाँले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सातै प्रदेशमा प्रदेश सरकार छन्, ७५३ वटै स्थानमा सरकार छन्, अहिले १ अर्ब बढीको क्षति भइसकेको छ, लम्पी स्किनबाट । ७६ जिल्लामा पशु मरेका छन् । सबैतिर फैलिसक्यो । तरपनि सरकार कुम्भकर्ण निन्द्रामा छ । सबैलाई दुख्यो तर सरकारलाई दुखेन । त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको आर्थिक अवस्था थला परिरहेको छ, यो रोगले धेरै पशुहरु मरिसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गराएका हौँ । यस रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालोस् र क्षति पुगेका किसानहरुले उचित क्षतिपूर्ति पाओस् ।’

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले पशुलाई लम्पी स्किनको खोप दिनपनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । यो देशव्यापी रुपमा फैलिसकेको छ । अहिले देशभर १० लाखको हाराहारीमा संक्रमित भइरहेका छन् । राज्यका तर्फबाट चालिएका कदममा ३ लाख पशुवस्तुमा खोप लगाइएको भनिएको छ, अरु कुरामा ढिलासुस्ती छ । खोपमा पनि ढिलो भइरहेको छ, पशु बीमा सम्बन्धी कार्यक्रम पनि अड्किएको छ । यो महामारी तत्काल नियन्त्रण गर्न नसके २५ लाख पशुवस्तुमा संक्रमण हुने र १ खर्बको क्षति पुग्ने विज्ञको अनुमान छ, त्यसैले राज्यले प्रभावकारी काम गरोस् ।’

 

प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।