२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेतृत्व सरकारको कामले जनतामा आशा सञ्चार भएको छ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामले जनतामा आशा सञ्चार भएको बताएका छन् ।

आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा माओवादी नेतृत्व सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेका छौँ। यो बैठकले ती कामलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउने विश्वास व्यक्त गरेको छौँ।’

प्रचण्डले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका रहेको बताउदै केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिए ।