१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday
Latest
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्र पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ एमाले महासचिव पोखरेलको आह्वान– अदालतको आदेशअनुसार शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाऔं लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु फौजदारी कानुन संशोधनको तयारीप्रति विरोध गर्दै राप्रपा नेपालले १५ गते प्रदर्शन गर्ने आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने १९ गते नीति तथा कार्यक्रम र २८ गतेदेखि प्रिबजेट छलफल बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबार प्रवद्र्धन गर्न सहकार्य



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ ।

त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरुमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ । यस परियोजनामा आवद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।

परियोजनामा आवद्ध ५,५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरु महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।

साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरु परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ्ग, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।

बैंकले समय सापेक्ष रूपमा विभिन्न संघ–संस्थाहरुसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरुमा आफ्नो अग्रसरता जनाउँदै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।