३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु



file
अ+ अ-

काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ ।

डा सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।

उहाँका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताउनुभयो । रासस