४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामाखुसीमा भए जस्ता घटना नदोहोरिने गरी काम गर्न समितिको निर्देशन

सामाखुसीमा भए जस्ता घटना नदोहोरिने गरी काम गर्न समितिको निर्देशन
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

वर्षात्का समयमा यस्ता घटना अन्यत्र नदोहोरिने गरी काम गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत सरकारी निकायलाई निर्देशन दिएको हो ।

समितिले भौगोर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सामाखुसीमा भएको जस्ता घटना दोहोरिन नदिन विभिन्न निकाय संलग्न हुनुपर्ने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । चक्रपथको ढल सामाखुसीमै मिसिने भएकाले व्यवस्थापनका लागि मन्त्रालय र त्यस अन्तर्गतका निकायले काम गर्ने उहाँको भनाइ थियो । वर्षात्मा मानिसको जीउ, धन, सम्पत्तिको सुरक्षाका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री ज्वालाले स्पष्ट पार्नुभयो ।

समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले पूर्वाधार निर्माण गर्दा आइपर्ने यस्ता समस्या समाधान गरेर अघि बढ्न निर्देशन दिनुभएको थियो । सांसद राजेन्द्र बजगाईँले सडक विस्तार गर्दा अपाङ्गतामैत्री नबनाउँदा र काम सुरु गरेर अलपत्र छोड्दा सामाखुसीमा घटना घटेको बताउनुभयो ।

सांसद प्रदीप पौडेलले चक्रपथबाट निस्कने ढललाई विष्णुमतीमा जाने गरी व्यवस्थापन गर्न सडक विभागलगायत सरोकार भएका निकायसँग माग गर्नुभयो । सांसद ठाकुर गैरेले सामाखुसीमा भएजस्ता घटना दोहोरिन नदिने गरी सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सांसदहरु बिना लामा, माधव सापकोटा, ऐनबहादुर शाही, प्रेम महर्जन, दीपकबहादुर सिंह, सन्तोष परियार, निशा डाँगीलगायत धारणा राख्नुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले काठमाडौँ उपत्यकाको प्राकृतिक ढल व्यवस्थापन बिग्रिएको र आधुनिक ढल व्यवस्थापनमा धेरै निकाय संलग्न हुने भएकाले पनि समस्या भएको बताउनुभयो । काठमाडौँका एक चौथाइ सडकमात्र विभागले हेर्ने भएकाले पनि कहाँ के भइरहेको छ रु भन्ने कुराको जानकारी मन्त्रालयबाट मात्र पाउन नसकिने उहाँको भनाइ छ । रासस