• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

पोर्चुगलसँग बराबरी खेले पनि अमेरिका उपविजेता बन्दै नकआउट चरणमा



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अमेरिका समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार दिउँसो सम्पन्न खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपनि अमेरिकाले नकआउट चरणमा स्थान बनाएको हो ।

समूह ई मा रहेको अमेरिका ३ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । यता, आजै भएको अर्को खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स ३ खेलबाट ७ अंकका साथ समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ ।