• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

भियतनामको पोस्टमा नेदरल्यान्ड्सको सात गोल



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार दिउँसो सम्पन्न खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई फराकिलो जित दिलाउन एस्मी ब्रट्स र जिल रोर्डले दुई–दुई गोल गर्दा लिके मार्टिन्स, कत्जा स्नोएजस र भान डी डंकले एक–एक गोल गरे ।

समूह ई बाट नेदरल्यान्ड्स र अमेरिकाले नकआउट चरणमा स्थान बनाउँदा भियतनाम र पोर्चुगल समूह चरणबाटै बाहिरिएका छन् ।