१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका केन्द्रीय सदस्यहरु राष्ट्रव्यापी अभियानका जिल्लामा खटिए



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा खटाएको छ। यही साउन १० को केन्द्रीय समिति बैठकले पार्टीको सांगठानिक सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई जिल्ला तोकेर खटाउने निर्णय गरेको थियो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई जिल्ला खटाउन सुरू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश भित्रका जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिने कार्य भइरहेको छ भने मंगलबार बेलुकीसम्म सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइसकिने छ।

कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य खटाउने भएपछि केन्द्रीय कार्यालयबाट पत्र लिएर केन्द्रीय सदस्यहरू जिल्ला जान थालेका छन्। संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक रूपमा जिल्ला–जिल्लामा केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।

त्यसपछि भदौ १० देखि २४ गतेसम्म कांग्रेसले संगठन सुदृढीकरणका लागि समुदायमा कांग्रेसले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।




भर्खरै