२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ वर्षपछि यस्तो अवस्थामा भेटियो पर्वतारोहीको शव



अ+ अ-

एजेन्सी । १९८६ मा, एक जर्मन व्यक्ति स्विट्जरल्याण्डको प्रतिष्ठित म्याटरहर्न पर्वतको नजिक आरोहण गर्दा बेपत्ता भयो । अहिले ३७ वर्षपछि उनको शवको अवशेष फेला परेको छ । डिएनए परीक्षणपछि भेटिएको शव बेपत्ता ३८ वर्षीय आरोहीको भएको पुष्टि भएको थियो ।

वालिस क्यान्टोनका प्रहरीका अनुसार शव १२ जुलाईमा फेला परेको बताएको छ । जर्मेटको थियोडुल ग्लेशियरमा पदयात्रा गर्दै आएका आरोहीहरूले यो खोज गरेको थियो । प्रहरीका अनुसार सन् १९८६ देखि बेपत्ता भएका आरोहीको डिएनए परीक्षणबाट पहिचान भएको हो ।

१९८६ सेप्टेम्बरमा ३८ वर्षीय जर्मन आरोही ट्रेकिङको लागि गएपछि फिर्ता नआएको रिपोर्ट गरिएको थियो । यद्यपि, शव फेला परेपछि ती व्यक्तिको पहिचान वा मृत्युको अवस्था भने प्रहरीले खुलाएको छैन ।

हिउँमा टाँसिएको रातो फीता लगाएको आरोहीको जुत्ताको तस्बिर प्रहरीले साझा गरेको थियो । हिमनदी घटेका कारण प्राय: मृत आरोहीहरूको शव देखिन्छ ।

स्वीस मौसमविद् र अन्य विज्ञहरूले हालैका वर्षहरूमा देशका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको बताएका छन् । यसका लागि उनीहरु मानव निर्मित जलवायु परिवर्तनलाई केही हदसम्म दोष दिन्छन् ।

हिमनदी पग्लिँदा केही दशकयता बेपत्ता आरोहीको शव फेला परेको छ । २०१५ मा, दुई युवा जापानी आरोही को शव बरामद भएको थियो । ती शव सन् १९७० को हिमपहिरोमा म्याटरहर्नमा हराएका आरोहीहरूको थिए । उनीहरुको डिएनए परीक्षणबाट पहिचान भएको थियो ।