२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ वर्षपछि यस्तो अवस्थामा भेटियो पर्वतारोहीको शव



अ+ अ-

एजेन्सी । १९८६ मा, एक जर्मन व्यक्ति स्विट्जरल्याण्डको प्रतिष्ठित म्याटरहर्न पर्वतको नजिक आरोहण गर्दा बेपत्ता भयो । अहिले ३७ वर्षपछि उनको शवको अवशेष फेला परेको छ । डिएनए परीक्षणपछि भेटिएको शव बेपत्ता ३८ वर्षीय आरोहीको भएको पुष्टि भएको थियो ।

वालिस क्यान्टोनका प्रहरीका अनुसार शव १२ जुलाईमा फेला परेको बताएको छ । जर्मेटको थियोडुल ग्लेशियरमा पदयात्रा गर्दै आएका आरोहीहरूले यो खोज गरेको थियो । प्रहरीका अनुसार सन् १९८६ देखि बेपत्ता भएका आरोहीको डिएनए परीक्षणबाट पहिचान भएको हो ।

१९८६ सेप्टेम्बरमा ३८ वर्षीय जर्मन आरोही ट्रेकिङको लागि गएपछि फिर्ता नआएको रिपोर्ट गरिएको थियो । यद्यपि, शव फेला परेपछि ती व्यक्तिको पहिचान वा मृत्युको अवस्था भने प्रहरीले खुलाएको छैन ।

हिउँमा टाँसिएको रातो फीता लगाएको आरोहीको जुत्ताको तस्बिर प्रहरीले साझा गरेको थियो । हिमनदी घटेका कारण प्राय: मृत आरोहीहरूको शव देखिन्छ ।

स्वीस मौसमविद् र अन्य विज्ञहरूले हालैका वर्षहरूमा देशका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको बताएका छन् । यसका लागि उनीहरु मानव निर्मित जलवायु परिवर्तनलाई केही हदसम्म दोष दिन्छन् ।

हिमनदी पग्लिँदा केही दशकयता बेपत्ता आरोहीको शव फेला परेको छ । २०१५ मा, दुई युवा जापानी आरोही को शव बरामद भएको थियो । ती शव सन् १९७० को हिमपहिरोमा म्याटरहर्नमा हराएका आरोहीहरूको थिए । उनीहरुको डिएनए परीक्षणबाट पहिचान भएको थियो ।