२० श्रावण २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दनले बोलाए संगठन विभागको बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भोलि बुधबारदेखि केन्द्रीय समिति बैठक बस्दैछ । बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ ।

पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दशन शर्माले मंगलबार साढे एक बजेदेखि संगठन विभागको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार संगठन विभागका तर्फबाट प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाइसकिएको छ । “आज भोलि केन्द्रीय समितिको तयारीस्वरूप विभागका तर्फबाट आन्तरिक छलफल गर्नका लागि बैठक बस्दैछौँ”, उहाँले भन्नुभयो ।

आज बस्ने संगठन विभागको बैठकले हटाउनु पर्ने विभाग र संगठन तथा घटाउनु पर्ने विभाग र संगठनका आकारको विषयमा छलफल गर्ने बताइएको छ । माओवादी केन्द्रले यसपटकको केन्द्रीय समितिबाट संगठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ ।

सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले संगठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारीमाअनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको थियो ।