• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

जनार्दनले बोलाए संगठन विभागको बैठक



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भोलि बुधबारदेखि केन्द्रीय समिति बैठक बस्दैछ । बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ ।

पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दशन शर्माले मंगलबार साढे एक बजेदेखि संगठन विभागको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार संगठन विभागका तर्फबाट प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाइसकिएको छ । “आज भोलि केन्द्रीय समितिको तयारीस्वरूप विभागका तर्फबाट आन्तरिक छलफल गर्नका लागि बैठक बस्दैछौँ”, उहाँले भन्नुभयो ।

आज बस्ने संगठन विभागको बैठकले हटाउनु पर्ने विभाग र संगठन तथा घटाउनु पर्ने विभाग र संगठनका आकारको विषयमा छलफल गर्ने बताइएको छ । माओवादी केन्द्रले यसपटकको केन्द्रीय समितिबाट संगठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ ।

सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले संगठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारीमाअनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको थियो ।