१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम सरकार विस्तारबारे बालुवाटारमा निर्णायक बैठक बस्दै



अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे आज सत्ता गठबन्धनको शीर्ष नेताहरू बिच निर्णायक छलफल हुन लागेको छ । बिहान ९ बजेबाट बालुवाटारमा शीर्ष नेताहरू बिचको छलफलले प्रदेश सरकार बिस्तारमा टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।

अहिले सुदूरपश्चिम सरकारमा दुईवटा मन्त्रालय मन्त्री विहीन छ । मन्त्री विहीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एकै दिन मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कमल बहादुर शाहको तयारी छ । तर, दलहरू बिच ठोस सहमति हुन नसक्दा सरकार विस्तार अड्किएको छ।

नागरिक उन्मुक्तिले २ मन्त्री र १ राज्य मन्त्रीको दाबी गरेको छ । भागबन्डामा कुरा नमिलेसम्म तत्काल सरकारमा सहभागी नहुने नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले यसअघि नै बताईसकेकी छन् ।

हिजो भएको माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमाआज बिहान ९ बजे शीर्ष नेताहरू बिच छलफल गरेर निकास दिने सहमति भएको थियो।