२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे, उत्तीर्ण प्रतिशत पनि बढ्यो



अ+ अ-

काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् ।

पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५० प्रतिशतले घटेको छ । अन्य बारमा पहिला पाँचदेखि छ सयसम्म हुन्थ्यो भने अहिले दुईदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राही आएका छन् ।

कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले भने “अहिले पास गर्नेको सङ्ख्या झन्डै ४० देखि ५० प्रतिशतले बढेको छ । पास धेरै भएर फाराम भर्नेको सङ्ख्या घटेको छ । सेवा प्रवाहमा धेरै सहज भएको छ । सेवाग्राहीलाई पनि धेरै सजिलो भएको देखिन्छ ।”

यातायात व्यवस्था विभागले पनि ७० अङ्क ल्याएपछि उत्तीर्ण हुने व्यवस्थाले सेवाग्राही बढेको जनाएको छ । पहिलो एक सय अङ्क नै ल्याउनुपर्ने व्यवस्थाले विभागमा लाइसेन्स प्रिन्ट गर्नेको सङ्ख्या कम हुने गरेकोमा अचेल उक्त सङ्ख्या बढेको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “अहिले देशभरबाट दैनिक छरसात हजारको हाराहारीमा सेवाग्राही हुनुहुन्छ । पहिलाको अनुपातमा यो सङ्ख्या बढेको हो ।”

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले ट्रायल परीक्षामा नयाँ व्यवस्था गत फागुन २ गतेदेखि लागु गरेको थियो । अन्य प्रदेशमा पहिले नै लागू भइसकेको थियो ।

बागमती प्रदेश मन्त्रालयले चार वटा कार्यालय ठूलोभ९याङ, एकान्तकुना, चाबहिल र हेटौँडा कार्यालयबाट एकैसाथ लागु गरेको थियो । कार, स्कुटर र मोटरसाइकलको लाइसेन्सका लागि मात्र नयाँ व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था अनुसार अङ्ग्रेजी आठ अक्षर अङ्कित घुमाउरोमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुँदैन तर पाँच अङ्क घट्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।