२५ कार्तिक २०८१, आईतवार
,
Latest
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती सन्दर्भ फाल्गुनन्द जयन्ती : कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै आज देशभरको मौसम सफा रहने यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशभरको मौसम कस्तो रहनेछ?



अ+ अ-

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको कारणले गर्दा देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो भने देशभर सामान्य बदली हुने महाशाखाले जनाएको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि पहाडी भू-भाग तथा बाँकी थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी गण्डकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।