• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

ओलम्पिक विजेता क्यानडा विश्वकपको समूह चरणबाटै बाहिरियो



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अष्ट्रेलियाले सानदार जित निकालेको छ ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा अष्ट्रेलियाले क्यानडालाई ४–० गोलले पराजित गरेको हो । अष्ट्रेलियालाई जित दिलाउन हेली रसोले दुई तथा म्यारी फोलर र स्टेफिन काट्लीले एक–एक गोल गरे ।

यो नतिजासँगै क्यानडा समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलिया भने समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस समूह बी बाट उपविजेता बन्दै नाइजेरिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाले २०२० को टोक्यो ओलम्पिकमा महिला फुटबलमा स्वर्ण जितेको थियो ।