१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन, त्यसको ग्यारंटी म लिन्छु:मन्त्री बस्नेत



अ+ अ-

धुलिखेल । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् ।

दोश्रो आधारभूत जिवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन ।

मन्त्री बस्नेतले भने,‘ स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारंटी मैले लिन्छु ।’ बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निस्शुल्क गरेको बताउदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिसत शैया विपन्नका लागि निस्शुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दावी गरे । दुई वर्षभित्र सबै नेपालीलाई निस्शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।

सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको जनगुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको बताए । वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने विरामीको संख्या ४० प्रतिसतले बढेको पाइएको बस्नेतको दावी छ ।

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । आधारभूत जिवन रक्षाको कार्यक्रमको महत्व जहाँ पनि जहिले पनि रहेको बताउदै यसलाई देश भरि पुर्याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए ।

कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा। डा। रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउदै आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पुरा भएको बताउदै त्यसको लागि लगाव भने हुनु पर्नेमा जोड दिए । बस्नेतलाई आफूले कुराभन्दा काम गर्ने स्वास्थ्य मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए । कार्यक्रममा एनेस्थिेसिया विभाग प्रमुख डा। संगीना रंजितले आधारभूत जिवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन ।

अस्पतालका मुटुरोग विज्ञ डा राजेन्द्र कोजूले चिकित्सा विज्ञानमा कहिलेकाही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउदै आधारभूत जिवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने जानकारी दिए । काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा मनोज हुमागाईले यो सिप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए ।

कार्यक्रममा अर्थोपेडिक सर्जन डा रोहित श्रेष्ठ, डाआभा श्रेष्ठ सहित राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा। अनुज भट्टचनलगायतले बेसिक लाइफ सपोर्ट कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए ।