• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मंसिरमा माओवादीको विधान सम्मेलन, चैतसम्ममा विशेष महाधिवेशन गर्ने



काठमाडौं । आगामी मंसिर महिनामा नेकपा (माओवादी केन्द्र) ले विधान सम्मेलन गर्ने निर्णय भएको छ। पार्टी सचिव दीनानाथ शर्माका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

मंसिरभित्र विधान सम्मेलन गर्नका लागि एजेण्डाबारे केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताइएको छ । बैठकमा आगामी चैतसम्ममा विधान महाधिवेशन गर्नेबारे पनि छलफल भएको छ। मिति केन्द्रीय समितिले नै टुंग्याउँछ।

माओवादी विधि र विधान अनुसार नचलेको गुनासो बढ्दै गएको छ । त्यसैले पार्टीले विधान सम्मेलनदेखि विशेष महाधिवेशनसम्म गर्न लागेको हो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने माओवादीको तयारी छ।