३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो– प्रधानमन्त्री प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग उक्त गुनासो पोख्नुभएको हो । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको उहाँको भनाई छ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य समेत रहेका रास्वपाका सचेतक परियारले भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राख्नुभएको जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँ (प्रधानमन्त्रधी प्रचण्ड)चासो राख्नु भएको थियो । कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ’, परियारले भने ।