१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो– प्रधानमन्त्री प्रचण्ड



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग उक्त गुनासो पोख्नुभएको हो । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको उहाँको भनाई छ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य समेत रहेका रास्वपाका सचेतक परियारले भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राख्नुभएको जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँ (प्रधानमन्त्रधी प्रचण्ड)चासो राख्नु भएको थियो । कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ’, परियारले भने ।