२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार भगवान शिवको पूजा–आराधना गर्नुहोस्



अ+ अ-

काठमाडौँ । सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । यद्यपि, शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन् ।

सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यही उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुबैका लागि विख्यात छन् । अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ ।

सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिव नै हुन् । त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन् ।

शिवको नामको प्रभाव:
सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ ।

ऊं अघोराय नम:

ऊं शर्वाय नम:

ऊं विरूपाक्षाय नम:

ऊं विश्वरूपिणे नम:

ऊं त्र्यम्बकाय नम:

ऊं कपर्दिने नम:

ऊं भैरवाय नम:

ऊं शूलपाणये नम:

ऊं ईशानाय नम:

ऊं महेश्वराय नम:

शिव पूजा विधि
सोमवार शिव पूजनका लागि प्रात: स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ ।

मन्त्र जप्नुस्:
ऊं नम: शिवाय,
नम: शिवाय शुभं शुभं कुरू कुरू शिवाय नम:
ऊंनमो नीलकण्ठाय
ऊं पार्वतीपतये नम:
ऊं पशुपतये नम:




भर्खरै