२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्यो: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताउनुभएको छ ।

आईतवार नेकपा(एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनु भयो । उहाँले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताउनु भयो ।

उहाँले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताउनु भयो । कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै उहाँले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताउनु भयो । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसको राम्ररी सदुपयोग गर्न सकेको भए, सरकार राम्ररी चलाएको भए, पार्टी राम्ररी चलाएको भए २०७९ सालको चुनावमा त्योभन्दा बढी सिट हामी पाउने थियौँ । त्योभन्दा बढी मत हामीले प्राप्त गर्ने थियौँ । अहिले संसारमा पनि कम्युनिस्टहरु फैलिइरहेका छन् । वामपन्थी राष्ट्रपतिहरु चुनावमा जितिरहेका छन् ।

ल्याटिन अमेरिकाका झन्डै दशवटा देशहरुमा वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका छन् । युरोपका देश देशमा, अफ्रिकाका देशहरुमा वामपन्थी पार्टीका प्रभाव फैलिइरहेको छ । त्यस हुनाले नेपाल मात्रै होइन, संसारको अरु देशमा पनि समाजवादको नारा गुन्जिरहेको छ । कम्युनिस्ट पार्टीको नारा फैलिइरहेको छ । त्यस हुनाले हाम्रो यो लडाइँ अन्याय, अत्याचार, असमानता, भेदभावका बिरुद्धमा अनि सबै खालका बेथितिहरुका बिरुद्धमा, न्याय र समानताका निम्ति, सबैको सुख, समृद्धिको निम्ति भएको हुनाले हाम्रो उद्देश्य न्यायोचित छ । पवित्र छ । राम्रो छ ।’

अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडी बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडी बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।