• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

जनताले विश्वास गरेको पार्टी हो, जिम्मेवारी बहन गरौँ: उपाध्यक्ष पौडेल



राँझा । नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)का तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उहाँले पार्टीभित्र झागिँदै गएको व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित पार्दै सामूहिक भावका साथ काम गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

“नेकपा (एमाले) ख्याल ख्यालमै बनेको पार्टी होइन, यो जनताले विश्वास गरेको पार्टी हो”, उपाध्यक्ष पौडेलले भन्नुभयो, “हिजोआज पार्टीका सिपाही कर्तव्यबाट विमुख बन्न थालेका छौँ, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौँ ।” उहाँले विगतमा भएका कमजोरीलाई सच्चाउँदै पार्टीले उठाउने हरेक उम्मेदवारमा कार्यकर्ताले आफ्नो भविष्य देख्ने गरी सम्पूर्ण पार्टीपङ्क्ति सामूहिक भावका साथ पार्टी निर्माण अभियानमा होमिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय आकांक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो ।

उहाँले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई जनतासमक्ष पुर्याउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा आज महासचिव शङ्कर पोखरेलले समेत प्रशिक्षण दिने नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । रासस