• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

दक्षिण कोरियाको लगातार दोस्रो हार



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत दक्षिण कोरियाले लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ । आइतबार अस्ट्रेलियाको हिन्दमार्श मैदानमा भएको खेलमा कोरिया मोरक्कोसँग १–० गोलले स्तब्ध बनेको हो ।

मोरक्कोलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको छैटौं मिनेटमा इब्टीसाम ज्राइदीले गरिन् । समूह ‘एच’मा रहेको मोरक्को एक जितसहित ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा कोरिया अंकविहिन रहँदै पुछारमा छ ।

एक–एक खेलबाट ३–३ अंक जोडेका जर्मनी र कोलम्बिया क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् ।