१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने निर्णयको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ ।

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । अधिवक्ता विष्णुकुमार गिरीले सरकारको सो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

राष्ट्रपति उपचारका लागि भारत गएसँगै नेपालमा त्यसको व्यापक विरोध भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिको उपचारखर्च व्यक्तिगतरुपमा राष्ट्रपति आफैँले बेहोर्न चाहेको विज्ञप्ति जारी गरेको थियो । तर आफैंले बेहोर्नै भनेको ५५ लाख रुपैयाँ भुक्तानीका लागि निवेदन दिएसँगै सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । त्यसका लागि ५५ लाख रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा पत्र पुगेपछि रकम निकासा नगर्न र मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।