४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चार वर्षदेखि रोकिएको विद्याभूषण पदक बजेट अभावका कारण यसपटक पनि अनिश्चित

चार वर्षदेखि रोकिएको विद्याभूषण पदक बजेट अभावका कारण यसपटक पनि अनिश्चित
पूर्वराष्ट्रपती विद्यादेवी भण्डारी स्वागत श्रेष्ठलाई नेपाल विद्याभूषण पदक क प्रदान गर्नुहुँदै। फाईल फोटो
अ+ अ-

काठमाडौँ । आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स्नातकोत्तर तहका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकाहरू विद्याभूषण पाउनबाट वञ्चित भएका हुन्।

यस पटकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरिएको छ। अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन पारित भएको मितिलाई आधार मानेर उक्त दिनलाई शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नियमित रूपमा वितरण गर्न नसकिएका कारण यो अवधिमा कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने थियो भन्ने यकिन तथ्याङ्कसमेत मन्त्रालयसँग छैन।

मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव रामप्रसाद सुवेदीले चालु आर्थिक वर्ष २०८०/८१ मा विद्याभूषणका लागि ६० लाख रुपियाँ मात्र विनियोजन भएको बताए । उनले शिक्षा दिवस मनाउने सन्दर्भमा कम्तीमा छ करोड रुपियाँ आवश्यक पर्ने जानकारी दिँदै भने, “अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ। पाइन्छ कि पाइँदैन भन्ने निश्चित भइसकेको छैन।”

गत वर्ष विद्याभूषण वितरणका लागि चार करोड रुपियाँ विनियोजन भएको थियो तर गत जेठमा मात्र राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लागेकाले सो रकम अन्य शीर्षकमा खर्च गरिएको थियो। यस पटक पनि अन्योल नै भएकाले मन्त्रालयले विद्याभूषणका लागि अझैसम्म आवेदन माग्न सकेको छैन।

रकम जोहो भइहालेमा पनि विद्याभूषणको तयारी गर्न न्यूनतम दुईदेखि तीन महिनासम्म लाग्ने छ। “समय धेरै छैन। छिटो अर्थ मन्त्रालयले निर्णय गरिदिनु पर्छ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।