३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षदेखि रोकिएको विद्याभूषण पदक बजेट अभावका कारण यसपटक पनि अनिश्चित



पूर्वराष्ट्रपती विद्यादेवी भण्डारी स्वागत श्रेष्ठलाई नेपाल विद्याभूषण पदक क प्रदान गर्नुहुँदै। फाईल फोटो
अ+ अ-

काठमाडौँ । आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स्नातकोत्तर तहका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकाहरू विद्याभूषण पाउनबाट वञ्चित भएका हुन्।

यस पटकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरिएको छ। अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन पारित भएको मितिलाई आधार मानेर उक्त दिनलाई शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नियमित रूपमा वितरण गर्न नसकिएका कारण यो अवधिमा कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने थियो भन्ने यकिन तथ्याङ्कसमेत मन्त्रालयसँग छैन।

मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव रामप्रसाद सुवेदीले चालु आर्थिक वर्ष २०८०/८१ मा विद्याभूषणका लागि ६० लाख रुपियाँ मात्र विनियोजन भएको बताए । उनले शिक्षा दिवस मनाउने सन्दर्भमा कम्तीमा छ करोड रुपियाँ आवश्यक पर्ने जानकारी दिँदै भने, “अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ। पाइन्छ कि पाइँदैन भन्ने निश्चित भइसकेको छैन।”

गत वर्ष विद्याभूषण वितरणका लागि चार करोड रुपियाँ विनियोजन भएको थियो तर गत जेठमा मात्र राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लागेकाले सो रकम अन्य शीर्षकमा खर्च गरिएको थियो। यस पटक पनि अन्योल नै भएकाले मन्त्रालयले विद्याभूषणका लागि अझैसम्म आवेदन माग्न सकेको छैन।

रकम जोहो भइहालेमा पनि विद्याभूषणको तयारी गर्न न्यूनतम दुईदेखि तीन महिनासम्म लाग्ने छ। “समय धेरै छैन। छिटो अर्थ मन्त्रालयले निर्णय गरिदिनु पर्छ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।