काठमाडौं । गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आइसियु कक्ष निर्माण लागि अर्थ मन्त्रालयले मन्त्रालयबाट २ करोड़ रुपिया विनियोजन गरेको छ । मन्त्रालयले यस अघि पनि उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
स्वास्थ्य मन्त्रालयमार्फत भएको पत्राचारको आधारमा बुधवार अर्थ मन्त्रालयले उक्त रकम बिनियोजन गरेको हो । गुल्मीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने परराष्ट्रन्त्री प्रदीप ज्ञवालीको पहलमा आइसियु कक्षका लागि थप बजेटको व्यवस्था भएको हो ।












