२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ ।

उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ । यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२:०० बजे हुने भएको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी ९जसपा० नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् । रासस