• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

ग्लोबल टी २० मा सन्दीपले तेस्रोपटक जिते ‘मोमेन्ट अफ द म्याच’को पुरस्कार



काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् ।

यसैबीच गए राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर सर्रेलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

सन्दीपले यसअघि पनि दुई खेलमा ५०० डलरको पुरस्कार राशि रहेको मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् ।

सन्दीपले सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिएका छन् ।

सन्दीपले अहिलेसम्म चार खेल खेल्दा ७ विकेट आफ्नो नाममा पारिसकेका छन् । ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर समेत रहेका सन्दीप जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् ।