२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

नयाँ भेरियन्टले बन्द कोठामा हावाबाट पनि सर्न सक्ने सम्भावना

नयाँ भेरियन्टले बन्द कोठामा हावाबाट पनि सर्न सक्ने सम्भावना
अ अ+ अ-

काठमाडौं । नयाँ प्रजातीको कोरोना भाइरस सर्ने दर उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई थप सतर्क रहन आग्रह गरेको छ। यो श्वासप्रश्वासको क्रममा सर्ने भएकाले संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्किएको छिटाको सम्पर्कमा आउँदा संक्रमण सर्ने सम्भावना अत्याधिक रहने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। 

प्रेस ब्रिफिङको क्रममा कुनै पनि व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्किएको छिटा धेरै टाढासम्म नपुग्ने भएपनि बन्द कोठामा बस्दा कोरोना संक्रमण सर्ने सम्भावना धेरै हुने डा. गौतमले बताउनुभयो। ‘हावा ओहोर दोहोर गर्ने ठाउँ नभएको बन्द कोठामा बस्दा संक्रमितभन्दा टाढा रहँदा पनि संक्रमण सर्नसक्छ,’ उहाँले बताउनुभयो। 

यस्तै खोप नलगाउने व्यक्तिको तुलनामा खोप लगाएका व्यक्तिमा यसले कम असर गरेको भन्दै सबैलाई आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लिन समेत डा. गौतमले आग्रह गरेका छन्। साथै यसबाट बच्नको लागि तोकिएको जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।