२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा आचारसंहिता पालना गर्ने दृढता



अ+ अ-

काठमाडौं । यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाग्मती प्रदेश निर्वाचन आयोगद्वारा आज दलका तर्फबाट उम्मेदवार भएका, स्वतन्त्र उम्मेदवार एवं निर्वाचन कार्यालयका पदाधिकारी र सञ्चारकर्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै मतदातालाई कोरोना संक्रमित भएको भएको पाइएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ मतदान गर्न लगाउने पनि निर्णय गरेको  प्रदेश निर्वाचन प्रमुख अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि तीन वटै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीसहित २४ जना कर्मचारी जनशक्ति खटिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ ।

उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी हुनुहन्छ । उहाँहरु हेटौँडा आइसक्नुभएको जनाइएको छ ।