४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रियसभा उपनिर्वाचनः निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह

राष्ट्रियसभा उपनिर्वाचनः निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आव्हान गर्नुभएको हो ।

यो प्रदेशमा  उपनिर्वाचन बिहीबार  हुँदैछ । सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उहाँले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिनुभएको छ । ‘‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुने छ ।’’ अपिलमा भनिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उहाँले अन्य दललाई पनि थापाका पक्षमा साथ दिन आग्रह गर्नुभएको  छ ।