२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

भोज र जमघट सङ्क्रमणको कारक

भोज र जमघट सङ्क्रमणको कारक
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्नमा विवाहलगायतका भीडभाडका कार्यक्रम  प्रमुख कारकका रुपमा देखिएका छन् ।

पछिल्लो समयमा प्रदेश भित्रका विभिन्न जिल्लामा विवाह, ब्रतबन्ध, चौरासी पूजा, रुद्रीलगायत समाजमा हुने विभिन्न शुभकार्यमा  हुने जमघट र त्यससँगै जोडिएका भोजभतेर एवं दाहसंस्कार जस्ता कार्यक्रमका भीडभाडले डरलाग्दो किसिमले सङ्क्रमण बढाएको हो ।

बागलुड जिल्लाको वडिगाड गाउँपालिका वडा नं। ४ का एकैघरका चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । विवाहमा सहभागी भएका उनीहरूको एक हप्ता भित्रै मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु, ५१ र ४० वर्षीय दुई छोरा तथा  ५३ वर्षीय छोरीको मृत्यु भएको हो । सोही विवाहमा भोज खाएकी उक्त गाउँकी ७७ वर्षीय महिलाको पनि मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । सो विवाहमा सामेल ४८ जनाको पिसिआर परीक्षण गरिएकामा ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

पोखरा महानगरपालिका–२१ मा विवाहमा लगायत विभिन्न सांस्कृतिक कार्यमा सहभागिमा १०३ जनामा कोरोना सङ्क्रमण देखियो । विवाहमा सम्मिलित जन्तिमात्र नभइ रत्यौली खेल्ने महिला, कर्मकाण्ड गर्न गएका पण्डितलाई समेत कोरोना सङ्क्रमण भएको पाइयो ।  

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ झोवाङमा वैशाख महिनामा विवाह, रुद्री, ब्रतवन्धका साथै चौतारी र पोखरीको समेत विवाह भयो । त्यस्ता धार्मिक कार्यक्रममा गाउँलेका साथै टाढाबाट आफन्तजन पनि सहभागी बनेका थिए । महिना भरिनै जन्ती जाने, रत्यौली खेल्ने, ब्रतबन्धलगायत कार्यक्रम निरन्तर चले, कतिपय त भोलिपल्ट प्रीतिभोजमा समेत सम्मिलित भए । त्यस्ता रमाइला कार्य गर्दा सजगता नअपनाएकै कारण गाउँभरि कोरोना संङ्त्रलमण पैmलियो । ती कार्यमा स्वास्थ्य सावधानी अपनाइएन । जसका कारण गाउँलेहरूमा एकैचोटी कोभिडले भयावह रुप लियो । वैशाख २४ गते लिइएको पछिल्लो पिसिआर परीक्षणको नतिजा २८ गते आउँदा त्यहाँका २१ जनामा कोभिड पोजेटिभ देखिएको थियो । थप ६१ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ रिपोर्ट आउन बाँकी । 

गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार सामाजिक रीतिरिवाज मान्ने क्रममा  ख्याल नपु¥याउँदा मानव स्वास्थ्यमा गम्भिर समस्या देखिएको हुँदा रोकथामका लागि प्रयास भने जारी राखेको बताउनुभयो । 

प्रकोप प्रभावित झोवाङमा सङ्क्रमण पैmलिन नदिनका लागि स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि, आमा समूह, युवा क्लबको सक्रियतामा घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका र मातहातका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकमा अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ । अत्यावश्यक र स्वास्थ्य सेवालाई भने उच्च प्राथमिकतामा राखेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । अहिले झोबाङ गाउँ पूरै सिल गरिएको छ । गाउँ छिर्ने पाँच नाका समेत बन्द गरिएको छ ।

पछिल्लो दिनमा माथि उल्लेखित यी घटना त केवल नमूना उदाहरण मात्र हुन् प्रदेशका विभिन्न जिल्ला र स्थानमा कोरोना सङ्क्रमण बढ्नुमा यिनै सामाजिक  तथा सांस्कृतिक कार्यक्रम प्रमुख कारणका रुपमा देखिएका छन् ।

यस वर्षको पात्रोमा वैशाख महिनाको १०, ११, १७ र २४ गते विवाह लगायत शुभकार्यका लागि उत्तम दिन मानिएको थियो । सोही अवसरमा बढी मानिसको जमघट हुनुको  साथै भोजभतेरमा सहभागी बनेको पाइएको थियो भने जेठ महिनाका ७, ८, १०, १५, २०, २१ र २२ गते विवाहका लग्न तथा ९ र ५ गते ब्रतबन्ध मुहुर्त तथा बुद्ध जयन्ती र गणतन्त्र दिवस समेत परेको कारण कोरोना सङ्क्रमण बढ्ने सम्भावनालाई ध्यान दिएर यस्ता पर्वमा सरोकारवालाको विशेष ध्यान जानु जरुरी देखिएको छ ।

धार्मिक तथा सामाजिक संस्कारमा विगतको जस्तै जमघट हुने बाजा गाँजा, नाचगान सहित रमाईलो गर्दा कोभिड सङ्क्रमण छिटो पैmलिने हुँदा त्यसबाट  सजक बन्नुपर्ने र जोगिनका लागि नेपाल सरकारले जारी गरेका प्रत्येक स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने नागरिक अभियन्ता रामबहादुर पौडेल बताउनुहुन्छ ।

“सानो झिल्को आगोले बन जङ्गल सखाप पारे जस्तै भेला तथा जमघटले विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण बढाउने हुँदा सबै पक्षले सतर्कता अपनाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “कर्मकाण्ड गर्ने पण्डितदेखि जनप्रतिनिधि, प्रशासन र नागरिक समाजले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नेतर्पm समयमा नै सोच्नु अपरिहार्य छ ।”

मानव अस्तित्वमाथि नै संकट देखिने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमण पैmलिन नदिन प्रत्येक व्यक्ति सचेत र सतर्क हुनुपर्नेमा जोड दिँदै उहाँले आप्mना टोल तथा छिमेकमा त्यस्ता गतिविधि सञ्चालन गर्न निरुत्साहित गनुपर्नेमा जोड दिनुभयो । उलङ्घन गरेको पाइएमा तत्काल प्रशासनलाई जानकारी दिएर नागरिकको दायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो ।

सिमित स्रोत साधनको बाबजुद कोरोना सङ्क्रमण नियन्त्रणमा सरकारले पहल गर्दागर्दै पनि केही गरेन भनेर सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभन्दा सङ्क्रमण फैलाउन सघाउने धार्मिक एवं सास्कृतिक कार्यक्रममा हुने जमघटलाई रोक्न तथा स्वास्थ्य मापदण्ड अपनाउने तर्पm सबै सचेत बन्नुपर्नेमा नागरिक अभयन्ताको जोड छ ।

प्रदेशमा कोरोनाबाट मंगलवार एक हजार ६३५ जनाको परीक्षण गरिएकोमा ९५९ जनामा संङक्रमण पुष्टि भएको छ भने ४२९ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनदेखि आइसियुसम्मका बिरामी निको भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रजक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशमा सङ्क्रमणबाट सोमवार २४ जानाले ज्यान गुमाएका थिए भने मङ्गलबार गण्डकी प्रदेशमा मृत्यु दर घटेको छ  जसमा १५ जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अघिल्लो दिन सबैभन्दा बढी कास्कीमा आठ जनाको ज्यान गएका थिए भने दोस्रो दिन भने दुई जनाको मृत्यु भएको थियो ।  

मङ्गलबार पोखराका विभिन्न अस्पतालमा नौ जनाको मृत्यु भएको थियो ।  त्यसै गरि मुस्ताङ अस्पतालमा दुई, नवलपरासी पूर्वको अस्पतालमा एक, बाग्लुङ अस्पतालमा एक, तथा तनहुँ र नवलपुरमा होम आइसोलेशनमा एक । एक जना गरी पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनाको कोरोनाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
–हरि बाँस्तोला