२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मन्त्रीको यस्तो चाला ! चिनियाँ अनुदानको खोप नलिने, भारतसँग कमिसन खाने

मन्त्रीको यस्तो चाला ! चिनियाँ अनुदानको खोप नलिने, भारतसँग कमिसन खाने
अ अ+ अ-

काठमाडौं । राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले आफ्नो फेसबुक स्टाटसमा लेख्छन् “७० वर्ष काटेको हुनाले म र मेरी श्रीमतीले गत फाल्गुन २०७७ मा ओम अस्पतलमा कोरोनाको पहिलो खोप लगाएको थिएँ । आठ हप्तापछि दोस्रो खोप लगाउन आउनु भनेको थियो । भारतबाट पक्का खोप आउछ, पैसा तिरीसकेको छ भनेको पनि थियो । तर अहिलेसम्म अत्तोपत्तो छैन । कोही पनि कुरा गर्न या जबाफ दिन चाहदैनन् । सडकमा जाऊँ भने निषेधाज्ञा छ । बालुवाटार या स्वास्थ मन्त्रालय जाऊँ भने त्यहाँ सुन्ने कोही छैन । सबै सरकार बनाउन र एकले अर्कोलाई नै पछार्न ब्यस्त छन् । अब के गर्ने ?”

“भारतले पैसा तिरिसकेको खोप पनि नदिने भएछ । चीनले लैजाउ भन्दा यता भारतीय खोपको जस्तो कमिशन नआउने होला । फेरि भारतले जोगाइदिएको र फेरि बसाइदिएको सत्तामा बसेकाहरुको नशा–नशामा भारतीय रगत भरिएपछि चाइनिज खोप हाल्दा ककटेल होला नि !” यो अर्को फेसबुक स्टाटस हो ।राजनीतिक बिश्लेषक कृष्ण पोखरेलले लेखेको यो स्टाटसमा भनिएको छ “खोप ल्याउन सहज चिनियाँ भेरोसिल र रसियन स्पुतनिक भी छ । तर हाम्रो सरकारको अचम्मैसँग पिरती भारतीय कोभिस्ल्डसँग बसेको छ !” 

वर्तमान सरकारको असक्षमताका कारण मुलुकका मिडियाभरि र सामाजिक सञ्जालभरि यस्तै यस्तै जिज्ञासा, असन्तुष्टि तथा गुनासाहरु पोखिएका छन् । तर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीको हृदय भने देखिँदैन । खोप जस्तो सम्वेदनशील विषयको खोजीमा जनता यसरी भौंतारिएका छन्, सडकमा निस्किने या सरकारलाई भेट्ने बाटो समेत नपाएका उनीहरुले गुनासो पोख्ने माध्यम नै सामाजिक सञ्जाल नै हो, तर मन्त्री सुन्दैनन् । 

नेपालमा औषधिको व्यवस्था गर्ने निकाय औषधि व्यवस्था विभागको आपूर्ति महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको बताए । ‘हामीले २० लाख डोज खोप खरिद गर्न लागेका छौं, कहिले उपलब्ध गराउने भनेर तीन कम्पनीलाई पत्र लेखेका छौं,’ उनले भने । उनले चीनको कम्पनीसँग औषधि खरिद गर्न चाहेर पनि ठेगाना पत्ता नलागेको बताए । 

यी तिंकरीले आजको कान्तिपुर दैनिकसँग गरेको यो कुराकानी सुन्दा आक्रोस र आचम्म दुवै उत्पन्न हुन्छ । चिनियाँ कम्पनीले नेपाललाई अनुदानमा खोप दिन खोजेको धेरै भयो । त्यो पत्र आएको महिनौँ बितीसक्यो, तर पत्र विभागबाट स्वास्थ्य मन्त्रालयलको टेबलमा थन्किएको छ । उनले त्यो चिनियाँ कम्पनीको पत्र लगेर मन्त्री त्रिपाठीलाई दिएका छन् र यी दुवै मिलेर त्यो पत्र गुपचुप पारेको स्वास्थ्य मन्त्रालयकै एक वरिष्ठ अधिकारी बताउँछन् । 

तर यता मिडियामा भने यस्तो रोदन पोख्छन् । चीनले अनुदानमा दिएको औषधिमा मन्त्रीलाई कमीसन नआउने त निश्चितै छ । किनभने मित्रराष्ट्र चीनले अुनदानमै २० लाख खोप दिने प्रतिबद्धता पहिल्यै गरिसकेको छ । तर त्यो भित्र्याउने अनुमति नै यिनीहरु किन दिँदैनन् ?

कुरा स्पष्टै छ, मन्त्री त्रिपाठी जस्तो सुकै काम पनि कमिसन नखाई गर्दैनन् । उनको कमिसनको लालचाका अघि जनताको रोदन केही पनि होइन । खोप जस्तो विषयमा पनि कमिसन नखाइ काम नगर्ने भएको रहस्य अहिले मन्त्रालयमै छरपष्ट छ । त्यसैले त्यहीँका कर्मचारीहरु अहिले उनको नाम नै हृदय नभएका हृदयश राखेका छन् ।  

औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ । तिनैमध्ये केही खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको पनि जनाएको छ । तर चिनियाँ खोपको फाइल भने सरकारले अघि बढाएको छैन । 

यसअघि गत महिना नै त्यो चिनियाँ कम्पनीले खोप दिने सम्बन्धी आफ्नो फाइल कहाँ पुग्यो भनेर खोजी पनि शुरु गरेको थियो । तर मन्त्रालयमा त्रिपाठीले फाइल नै गायब पारेकोले यस विषयमा कुनै पनि ठोस निर्णय हुन सकेको छैन । 

भारतसँग खोप खरिद गर्दा कमिसन नमिलेर खोप ल्याउन ढिलाई गरिएको भन्ने तथ्य त बाहिर आइ नै सकेको छ । त्यो कुरा मन्त्री स्वयंले सार्वजनिक गरेका छन् । यस्तो महामारीको खोपमा पनि कमिसनको कुरा गर्ने मन्त्री त्रिपाठीलाई त्यति हुदाहुदै पनि सरकारले पुनः नियुक्ति गरेको छ । 

तर उनले त्यो चिनियाँ कम्पनीको फाइलको बारेमा प्रधानमन्त्रीलाई नै गलत ब्रिफिङ गरेको हुनसक्ने अनुमान मन्त्रालयका कर्मचारीको छ । यसअघि पनि अघिल्लो वर्ष औषधि सामग्री खरिदमा यसैगरी कमिसनको चक्करले गर्दा नेपाली जनतालाई मार परेको थियो । अहिले त पहिलो डोज खोप लगाएर अर्को डोज कुरेर बसेका नागरिक नै अब के गर्ने भनेर विलखबन्दमा परेका छन् । 

उता मन्त्री भने आफूले कमिसन खान पाउने दाउ मात्र हेरेर बसेका छन् । चीन सरकारले दिएको अनुदानको खोप नल्याएर भारतसँग कमिसनको डिल गर्दै हिँड्ने यी मन्त्रीको यो भ्रष्टचारलाई नेपाली जनताले कतिसम्म क्षमा देलान् ? त्यो भने भविष्यले नै बताउला ।