४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

अब राप्रपा नेपाल जनदबाब, जनसंघर्ष र जनआन्दोलनको बाटोबाट अघि बढ्छ – कमल थापा

अब राप्रपा नेपाल जनदबाब, जनसंघर्ष र जनआन्दोलनको बाटोबाट अघि बढ्छ – कमल थापा
अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भाबी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।

शुक्रबार जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको बिधमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।

उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग , धर्मपरिबर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्बसत्ताबाद र बाह्य शक्तिको तिब्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुसङ्ग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।

केही ठुला दलका मुठ्ठी भरका नेताहरुको निमित्त मात्र यो ब्यबस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारिहरुलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने ब्यबस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे । प्रशिक्षणमा वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले जनताको बिश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो बैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे ।

कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धि धारणा राखेका थिए ।