२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइक्रोमिटरबाट प्लाष्टिक सामानको मोटाइ अनुगमन गर्ने भएको छ । काठमाडौँका मेयर बालेन शाहले यसरी अनुगमन गरिने बताएका हुन् ।

‘यसको कार्यान्वयनका लागि हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ ।’ उनले भनेका छन् ।

यदि पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने मेयर शाहले बताएका छन् । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न नपाइने मेयर शाहले प्रस्ट पारेका छन् ।

अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन मेयर शाहले अनुरोध समेत गरेका छन् ।