• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

इंग्ल्याण्डले डेनमार्कलाई हरायो



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार दिउँसो अष्ट्रेलियाको एलियान्ज स्टेडियममा सम्पन्न खेलमा इंग्ल्याण्डले डेनमार्कलाई १–० गोलले पराजित गरेको हो ।

इंग्ल्याण्डको जितमा एकमात्र निर्णायक गोल खेलको छैटौं मिनेटमा लरेन जेम्सले गरिन् ।

जितसँगै समूह डी मा रहेको इंग्ल्याण्ड दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।